Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा पाउँदै, यस्तो छ भ्रमण तालिका


    बुधबार, कार्तिक १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कात्तिक १९ देखि नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ ।

    जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ ।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ ।

    तीन दिने नेपाल भ्रमणका क्रममा नरावणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् । उनले अमान्ड अफ स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि रहेको छ ।

    नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

    Nepal-Army.gif

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार