Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री ज्वालाले भने- १४ लाख ४० हजार लाइसेन्स कार्डको माग छ, ६ लाख आयो 


    आइतबार, माघ ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ६ लाख सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को कार्ड आएको स्पष्ट पारेका छन् ।

    आइतबार सिंहदरबारमा बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश यातायात मन्त्रालयको बैठकमा मन्त्री ज्वालाले ६ लाख ल्याउने प्रक्रियामा रहेको बताए ।

    मन्त्री ज्वालाले भने, “६ लाख कार्ड आइसक्यो थप ६ लाख आउँदैछ, १६ लाख सवारी चालक अनुमतिपत्र कार्ड र प्रिन्टरको ठेक्का भइसकेको छ ।”

    हाल १४ लाख ४० हजार लाइसेन्स कार्डको माग छ । हाल यातायात व्यवस्था विभागसँग रहेको मेसिनमा दैनिक सात हजार कार्ड छाप्न सक्ने क्षमता छ ।

    “प्रदेश सरकारले पनि कार्ड र प्रिन्टरका लागि बजेट छुट्याएको छ । त्यो खरिद प्रक्रिया अघि बढ्यो भने स्थायी रूपमा कार्डको समस्या समाधान हुन्छ,” मन्त्री ज्वालाले भने, “विद्यतीय सवारी दर्ता प्रणाली पोखरामा र एकान्तकुनामा सञ्चालनमा आएको छ । पोखरामा सफल छ । एकान्तकुनामा अलि समस्या देखिएको छ ।”

    देशव्यापीरूपमा अनलाइन सिस्टमबाटै नवीकरण, आवेदन दिने, जस्ता काम अनलाइनबाटै गर्न सके विचौलिया हाबी नहुने उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार