Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँसहित विभिन्न स्थानमा तीन जना मृत फेला


    शनिबार, माघ ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

    काठमाडौँको दक्षिणकाली नगरपालिका-५ शेषनारायण मन्दिर नजिक बाटोमा जुम्ला चन्दननाथ नगरपालिका-१० घर भएकी ५१ वर्षीया देवी अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।

    यता जुम्लाको तिला गाउँपालिका-२ लर्मी गाउँ बस्ने ४१ वर्षीय असिमान रावत सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-११ शारदा देवी सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार