Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • बाजुराका दुई गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


    शनिबार, माघ ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बाजुरा। बाजुराका दुई गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट आज ती दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

    बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र सोही वडाको पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको उद्धार गरी सुर्खेत पठाइएको डा रञ्जित शाहले बताए ।

    खत्रीको पेटमै बच्चाले दिसा गरेको र तत्काल अप्रेसन गर्नुपर्ने हुँदा कोल्टीमा सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको डा शाहको भनाइ छ । गर्भवती विष्टलाई भने सुत्केरी व्यथा लागेको लामो समय भइसक्दा पनि बच्चा नजन्मेकाले तत्काल अप्रेशन गर्नुपर्ने भएकाले सुर्खेत पठाइएको डा शाहको भनाइ छ ।

    डा शाहका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गरिएको हो । गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

    दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार