Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कोरोनाका कारण पाल्पामा थप दुईजनाको मृत्यु


    मंगलबार, कार्तिक ११ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । पाल्पामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक महिला र पुरुषको सोमबार राति मृत्यु भएको हो ।

    पूर्वखोला गाउँपालिकाकी ६९ वर्षीय महिलाको सोमबार राति मृत्यु भएको हो । दुर्घटनामा परेर अस्पताल ल्याइएकी ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो । उनमा कोरोनाका लक्षण समेत देखिएको अस्पतालले जनाएको छ ।

    रुपन्देहीमा भेन्टिलेटर नपाएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार गर्न आएका तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको पनि सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालका अनुसार ती पुरुषमा श्वासप्रश्वासको समस्या थियो ।

    पाल्पामा हालसम्म १ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ सय ५८ जना निको भएका छन् । २ सय ३२ जना सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार