Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • डोटीका प्रमुख शक्तिपीठमा दिइएन पशुबली


    सोमबार, कार्तिक १० २०७७
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी। जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशीका दिन पशुबली नदिएका कारण सुनसान देखिएको छ। गत वर्षमा दसैंका दिनमा निकै भीड लाग्ने यहाँका शक्तिपीठमा सोमबार आवतजावत शून्यप्रायः छ। प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराईले कोरोना जोखिमका कारण त्यस्ता मन्दिरमा निषेधित क्षेत्र घोषणा गरिएको जनाए।

    यहाँका प्रसिद्ध शक्तिपीठहरु शैलेश्वरीमा रहेको चण्डिका, तिखामा रहेको कालढुङ्गा, दिपायल पिपल्लामा रहेको भगवती मन्दिरमा हजारौँको सङ्ख्यामा पशुबलि दिइने भएपनि यो वर्ष कुनै चहलपहल नभएको स्थानीयबासीहरु बताउँछन्।

    शिखर नगरपालिका–२ कालागाढका स्थानीयवासी रामबहादुर बोगटीले प्रशासनले मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेपछि अहिले सुनसान अवस्था देखिएको बताए।

    दिपायल पिपल्लाका स्थानीयवासी कैलाश विकले पशुबली रोकिएपछि भीड पनि घटेको जनाए।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार