Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • पार्किङबाट जिप चोरी गर्ने एकजना पक्राउ


    बिहिबार, माघ ४ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पार्किङमा राखिएको जिप चोरी गरी अन्यत्र लैजाँदै गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका –१० मा पर्ने अमरसिंह स्कुलको खेल मैदानमा राखिएको जिप चोरी गर्ने २० वर्षीय गोविन्द परियारलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

    बुधबार साढे १ बजेतिर ग २ च २३४३ नम्बरको बलेरो जिप चोरी भएको सूचना पाएपछि प्रहरीले परियारलाई सोही जिप चलाइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिको छ ।

    पोखरा –१४, समिनतरा बस्ने परियारलाई पक्राउ गरी चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिन म्याद थपगरी अनुसन्धान जारी रहेको प्रहरी स्रोतले बतायो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार