Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लगातार दोस्रो वर्ष पनि घट्यो चीनको जनसंख्या


    बुधबार, माघ ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घटेको छ । सन् २०२३ मा पनि चीनको जनसंख्या घटेको थियो ।

    चीनमा यसले जनसांख्यिकीय चुनौतीको संकेत गरेको छ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरो (एनबीएस)ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनको जनसंख्या १ अर्ब ४० करोड ९० लाख रहेको छ ।

    अघिल्लो वर्षको तुलनामा चीनको जनसंख्या करिब २० लाख घटेको हो । एनबीएसले गत वर्ष चीनको अर्थतन्त्र ५.२ प्रतिशतले बढेको जनाएको छ ।

    सन् २०२२ मा भने चीनको अर्थतन्त्र ३ प्रतिशतले मात्रै बढेको थियो ।

    चीनको जन्मदर पनि प्रतिएक हजारमा ६.३९ मा झरेको छ । अघिल्लो वर्ष यो जन्मदर ६.७७ रहेको थियो ।

    सन् २०२३ मा चीनका करिब ९० लाख शिशु जन्मिएका छन् । सन् २०२२ मा यो संख्या करिब ९५ लाख थियो ।

    त्यस्तै स्रोतका अनुसार काममा सक्रिय १६ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या सन् २०२२ को तुलनामा एक करोड ७५ लाखले घटेको छ । ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या २०२२ को तुलनामा एक करोड ६० लाख ९३ हजार बढेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार