Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकै दिन १२ सयले घट्यो सुनको मूल्य, चाँदीको कति ?


    बुधबार, माघ ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय बजारमा आज (बुधबार) सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार २०० रुपैयाँ घटेर कारोबार भइरहेको हो ।

    आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य १५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार