Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • माल्टा पठाइदिने भन्दै ४३ लाख ठगी गर्ने पाल्पाकी एक महिला पक्राउ 


    मंगलबार, माघ २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।

    पाल्पाको बग्नासकाली गाउँपालिका १ घर भई काठमाडौंमा बस्दै आएकी ३० वर्षीया मायादेवी राना उक्त ठगी काण्डमा पक्राउ परेकी हुन् । उनलाई उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको स्वयम्भुबाट आइतबार पक्राउ गरेको हो ।

    रानालाई प्रहरीले थप अनुसन्धानका लागि मंगलबार वैदेशिक रोजगार विभागमा पठाएको छ । उनले माल्टा जान ८ लाख रुपैयाँ लाग्ने भन्दै दिपकराज कँडेललगायतबाट ४३ लाख रुपैयाँ लिएको उजुरी परेको छ ।

    रकम लिएपछि राना सम्पर्कबिहीन बनेपछि कँडेललगायतले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।

    सो उजुरी अनुसार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयसँग सहयोग मागेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार