काठमाडौं । आईतबार माघ १ गते टुँडिखेलमा लागेको माघी मेलाको भिडमा च्यापिएर १६ जना घाइते भएका छन् ।
हिजो माघी पर्वको अवसरमा मगर र थारु समुदायको छुट्टाछुट्टै आयोजनामा टुँडिखेलमा लागेको मेलामा उनीहरू च्यापिएर घाइते भएको प्रहरीको भनाइ छ ।
घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र बाँकी १० जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरू
१) जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने) ।
२ ) जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौं जिल्ला सितापाइला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने) ।
३) जिल्ला संखुवाशभा म्यादी नगरपालिका-४ घर भई काठमाडौं जिल्ला मनमैजु बस्ने वर्ष २२ की निर्मला श्रेष्ठ (निधार,बाँया कुम र दुवै खुट्टामा चोट बोल्न सक्ने )।
४) जिल्ला ललितपुर ललितपुर महा-नगरपालिका वडा नं. २२ पाटन बस्ने वर्ष २७ की रश्मी नेपाल (बाँया गालामा चोट अवस्था बोल्न सक्ने )।
५) जिल्ला दोलखा आरुघाट गाउपालिका वडा नं. ८ घर भई हाल का.जि. चौमती बस्ने वर्ष ११ की युनिका बराल (सामान्य )।
६) जिल्ला उदयपुर रौतामाई गाउपालिका ०८ घर भई हाल का.जि. मनमैजु बस्ने वर्ष १४ की करिश्मा मगर (अनुहार र ढाडमा चोट बोल्न सक्ने )।
डिस्चार्ज भएकाहरू
जिल्ला खोटाङ हलेशी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर (टाउकोमा चोट बोल्न सक्ने)
जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ (निधारमा चोट बोल्न सक्ने)
जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर (अनुहारमा चोट बोल्न सक्ने) ।
जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी (पेटमा चोट बोल्न सक्ने) ।
जिल्ला प्युठान खलङगा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी. (दाहिने हातमा चोट बोल्न सक्ने) ।
जिल्ला कैलाली भजनिया नगपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी (टाउकोमा चोट बोल्न सक्ने) ।
जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत (बाया खुट्टा र कानमा चोट बोल्न सक्ने) ।
जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ४० की मिना थापा (बेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने) ।
जिल्ला रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर (बाँया खुट्टामा चोट बोल्न सक्ने) ।
त्यस्तै, जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. १४ घर भई हाल का.जि. लैनचौर बस्ने वर्ष २५ की निशा राना थापा (दुवै खुट्टामा सामन्य चोट बोल्न सक्ने) ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend