काठमाडौँ। चालू आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यान्यवनको ६ महिना बित्दा सरकारको खर्च र राजस्व संकलनमा कमजोर देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस अवधिमा लक्ष्यको ७५.६५ प्रतिशत राजस्व संकलन भएको छ । त्यस्तै, वार्षिक बजेटको ३२.०३ प्रतिशत मात्रै खर्च भएको छ ।
आर्थिक गतिविधि शिथिलतालाई नजरअन्दाज गर्दै सरकारले चालू आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको ल्याएको थियो । तर, ६ महिना बित्दा सरकारले पाँच खर्ब ६१ अर्ब मात्रै खर्च गरेको महालेखा नियन्त्रकको कार्यालय स्रोतले जानकारी दिएको छ । यद्यपि, यसमा पुँजीगत, चालू र वित्तीय व्यवस्थातर्फ भएको निकासा खुलाइएको छैन । आइतबार मध्यरातसम्म सरकारी कोषका खाता खुला राखिएको छ । त्यसैले खर्च र राजस्वको यकिन तथ्यांक भने सोमबार मात्रै सार्वजनिक हुने कार्यालयले बताएको छ ।
त्यस्तै ,आइतबार साँझ आठ बजेसम्मको अपडेटअनुसार चार खर्ब ९३ अर्ब राजस्व संकलन भएको छ । जुन पहिलो ६ महिनाका लागि निर्धारित लक्ष्यभन्दा एक खर्ब ५८ अर्ब ६१ करोड ८६ लाख रुपैयाँ कम हो । पुस मसान्तसम्म आयकर र मूल्यअभिवृद्धि करको पहिलो किस्ता बुझाउने समय भएकाले यो महिनामा (खासगरी पुस मसान्ततिर) बढी राजस्व संकलन हुने गरेको छ ।
अन्य प्राप्ति जोड्दा पाँच खर्ब ११ अर्ब पुग्यो राजस्व
अर्थ मन्त्रालयले आइतबार साँझसम्म पाँच खर्ब ११ अर्बको राजस्व संकलन भएको जानकारी दिएको छ । बजेटको लक्ष्यमा नराखिएको अन्य प्राप्ति शीर्षकको रकमलाई समेत समेटेर अर्थ मन्त्रालयले राजस्वको तथ्यांक सार्वजनिक गर्दै आइरहेको छ । तर, अन्तर्राष्ट्रिय मुद्राकोषको मापदण्डअनुसार यसलाई राजस्वबाट अलग्गै शीर्षकमा देखाउनुपर्ने हुन्छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा यस्तो प्राप्तिसमेत जोडेर राजस्व संकलन चार खर्ब ८३ अर्ब पु¥याइएको थियो । महालेखाको तथ्यांकअनुसार गत वर्ष यही अवधिमा चार खर्ब ५८ अर्ब ९८ करोड राजस्व संकलन भएको थियो । जसअनुसार गत आवको पहिलो ६ महिनाको दाँजोमा अहिले ३४ अर्ब बढी राजस्व उठेको देखिन्छ ।
पातलिँदै सञ्चित कोष घाटा
मासिक तथ्यांकका आधारमा हेर्दा राजस्व संकलन क्रमशः बढ्दो क्रममा देखिन्छ । मंसिरमा ८६ अर्ब ७८ करोड राजस्व उठेकोमा पुसमा एक खर्ब २९ अर्ब राजस्व संकलन भएको हो । महालेखा नियन्त्रकको कार्यालयअनुसार आइतबार एकै दिन ३४ अर्ब बढी राजस्व उठेको छ । अनुमानित हिसाबले खर्च हुन नसकेको र राजस्वसमेत बढ्दै जाँदा पुस मसान्तसम्म सञ्चित कोष घाटा घटेर ६० अर्बमा झर्ने कार्यालयका अधिकारीहरूको अनुमान छ । जुन तीन दिन पहिलेसम्म एक खर्ब ४० अर्बसम्म पुगेको थियो । सरकारी कोषबाट हुने निकासाको तुलनामा आम्दानी कमजोर भएपछि सञ्चित कोष घाटा चुलिँदै जाँदा सरकारको नियमित भुक्तानीसमेत प्रभावित बनेको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend