Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलम्चीको पानी नियमित उपलब्ध गराउने प्रधानमन्त्रीको दाबी


    सोमबार, माघ १ २०८०
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सिंहदरबारभित्र मेलम्चीको पानी पुनर्वितरण शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंवासीलाई उक्त मेलम्चीको पानी नियमित रुपमा उपलब्ध गराउने आश्वासन दिएका छन् ।

    प्रचण्डले काठमाडौं उपत्यकावासीलाई सुरक्षित तथा दिगो रुपमा खानेपानी उपलब्ध गराउने बताएका हुन् ।

    त्यसका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उनले बताए ।

    ‘काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार