Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालिका बलात्कारको आरोपमा १ किशोर पक्राउ


    आइतबार, पुष २९ २०८०
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सल्यान। सल्यानमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक १५ वर्षीय किशोर पक्राउ परेका छन् । शारदा नगरपालिका-६ सापमाराकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नविन कार्कीका अनुसार आफन्त पर्ने किशोरले बालिकालाई ललाई फकाई गरेर आफ्नै घरमा लगी गत पुष ७ गते बलात्कार गरेको खुलेको छ ।

    आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको हो । पक्राउमा परेका किशोरलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। आइतबार नै जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार