Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ४४ सय ९९ मा कोरोना संक्रमण पुष्टि


    शुक्रबार, कार्तिक ७ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना भाइरसका थप ४ हजार ४ सय ९९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९  संक्रमित थपिएका हुन् ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ५ हजार ४ सय ८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ९ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ८ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ६७ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन १४ हजार ९७२ जना र होम आइसोलेसनमा ३१ हजार ७२७ जना रहेका छन् । आजसम्म देशभर  जना क्‍वारेन्टिनमा रहेका छन् ।

    देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

    यससँगै कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार