Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करेन्ट लागेर सैनिक जवानको मृत्यु


    शुक्रबार, कार्तिक ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ।

    नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए।

    गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। सैनिक जवान बराइली दशैँ विदा मनाउन केही दिनअघि घर आएको खुलेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार