Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा थपिए १५ सय ५२ जना कोरोना संक्रमित


    बिहिबार, कार्तिक ६ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा उपत्यकामा बिहीबार थप १५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बिहीबार गरिएको परीक्षणमा काठमाडाैंमा १२ सय ८३ जना, ललितपुरमा १ सय ५७ जना र भक्तपुरमा १ सय १२ जना जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

    यस्तै बिहीबार देशभर ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ हजार २ सय १५ जना संक्रमित  निको भएर डिस्चार्ज भएका छन्। 

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार