Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिहीबार थपिए ३६ सय ३७ कोरोना संक्रमित, डिस्चार्ज भए ३२ सय १५


    बिहिबार, कार्तिक ६ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना भाइरसका थप ३ हजार ६ हजार ३७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९  पुगेको छ ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख २ हजार ८ सय २० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलब २ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ५० हजार १ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    देशभरका संस्थागत आइसोलेसन १३ हजार ३ सय ३९ जना र होम आइसोलेसनमा ३१ हजार ५ सय ३८ जना रहेका छन् । आजसम्म देशभर ३ हजार ७ सय ५२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

    देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार