काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
बाँस्कोटाले आफूले पछिल्लो १० दिनदेखि कसैलाई नभेटेको र संक्रमणको कुनै लक्षण नरहेको जानकारी दिए । तर श्रीमती तारा मानन्धरलाई भने लक्षणसहितको कोरोना देखिएको उनले बताए ।
उनको दुबै छोराहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।