Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गैँडाको खाग कारोबार गर्न खोज्ने शिक्षक चुच्चेपाटीबाट पक्राउ


    बिहिबार, कार्तिक ६ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संरक्षित वन्यजन्तु गैँडाको खागसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका- ७ का ४९ वर्षीय राजेन्द्र रिजाल रहेका छन् । उनी शिक्षक रहेको प्रहरीले जनाएको छ ।

    उनलाई खागको कारोबार भइरहेको सूचनाको आधारमा अपराध महाशाखाबाट बिहीबार खटिएको विशेष टोलीले काठमाडौं महानगरपालिका- ६ चुच्चेपाटीबाट पक्राउ गरेको हो । 

    उनले गैंडाको खाग झापाबाट किनेर ल्याएको प्रहरीले बताएका छन्। 

    पक्राउपछि रिजाललाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार