Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • त्रिविको उपकुलपति पदका लागि पुन: दरखास्त आह्वान


    सोमबार, पुष २३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रोपटक दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रोपटक दरखास्त आह्वान गरेको हो ।

    समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।

    गत शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको वर्ष, महिना र दिनसमेत० व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पेस गर्न सूचना निकालेपछि त्यसको सर्वत्र विरोध भएको थियो । विरोधपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोहीअनुसार पुरानो प्रक्रिया रद्द गरी दोस्रोपटक दरखास्त आह्वान गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार