Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित


    बिहिबार, कार्तिक ६ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। गण्डकी प्रदेशमा बिहीबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

    संक्रमितमध्ये नवलपुरका १६, कास्कीका ११, तनहुँका सात जना र गोरखाका तीन जना रहेका छन्। 

    आज थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। 

    यस्तैगरी गण्डकी मेडिकल कलेजमा उपचाररत एक जना संक्रमितको बुधबार साँझ मृत्यु भक्एो छ। तनहुँको ब्यासका ६८ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

    योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार