काठमाडौं । प्रदेश नं १ मा कोरोना संक्रमणको परीक्षण गर्ने संस्था थपिएको छ । विराटनगर-४ स्थित बी-स्योर प्याथ ल्याब तथा डायग्नोस्टिक सेन्टरले पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण गर्ने अनुमति पाएको हो ।
राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकुबाट ल्याबले पीसीआर परीक्षण अनुमति पाएको ल्याबकी प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट डा. मुकुन्दा शर्माले जानकारी दिइन् ।
सबै मापदण्ड पूरा गरेको ल्याबलाई एक वर्षसम्मको लागि पीसीआर परीक्षण अनुमति दिइएको हो ।
योसँगै अब प्रदेश १ मा पीसीआर परीक्षण थप सहज हुने डा. शर्माले बताइन् । डा. शर्माले सर्वसाधारणलाई छिटोछरितो सेवा दिनका लागि ल्याबले कुनै कसर बाँकी नराख्ने पनि बताइन् ।