Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मर्निङवाक गरिरहेका दुई वृद्धलाई गाडीले दियो ठक्कर


    बिहिबार, कार्तिक ६ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मर्निङवाक गरिरहेका दुई जनालाई ललितपुर बालकुमारीमा गाडीले ठक्कर दिएको छ । गाडीको ठक्करबाट एकको मृत्यु भएको छ भने अर्का एकजना गभ्मीर घाइते भएका छन् ।

    महालक्ष्मी नगरपालिका-४ इमाडोलका ७८ वर्षीय बाबुकाजी महर्जनको गाडीको ठक्करबाट बिहीबार बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार उनीहरूलाई बालकुमार पुलमुनि गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। 

    उनीसँगै मर्निङ वाकमा रहेका सोही ठाउँका ७० वर्षीय भाइलाल महर्जन घाइते छन्। उनको बीएन्डबी अस्पतालमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। 

    ठक्कर दिने गाडीको विवरण थाहा हुन सकेको छैन । प्रहरीले सो गाडीको खोजी गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार