Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘रअ’ प्रमुख लिएर आएको इन्डियन एयरफोर्सको जहाज २१ घण्टापछि फर्कियो


    बिहिबार, कार्तिक ६ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल लिएर आएको जहाज २१ घण्टापछि फर्किएको छ । 

    आठ घण्टाका लागि नेपाल आएका उनको बसाई लम्बिएसँगै नेपाली राजनीति वृत्तमा ठूलो हलचल आएको छ । 

    विशेषगरी गोयलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको विषय अहिले चर्चामा आएको छ। स्रोतका अनुसार बुधबार साँझ प्रधानमन्त्री ओलीसम्मिलित सुरक्षा परिषद्को बैठक बसेको थियो ।

    सुरक्षापरिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गरेको समेत बताइएको छ । परराष्ट्र मन्त्रालयले यो विषयमा अहिलेसम्म औपचारिक रुपमा केही भन्न सकेको छैन । 

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गोयलसँग भेट नगरेको बताइसकेका छन् । यस्तै नेकपाका अन्य नेताहरु पनि गोयलको भ्रमणका बारेमा केही थाहा नभएको बताइरहेका छन् । तर गोयलको २१ घण्टे बसाईले भने तरङ्ग ल्याएको विश्लेषण भैरहेको छ । 

    गोयल बिहान सवा १० बजे सोही विमानमार्फत् दिल्ली फर्किइसकेको बताइन्छ । बुधबार दिउँसो पौने १ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानमा नै उनी रहेको दावी गरिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार