Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मानव अधिकार आयोग दशैँमा खुल्ला रहने


    बुधबार, कार्तिक ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दशैँ विदामा पनि खुल्ने भएका छन् ।

    दशैँ विदामा पनि मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

    आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बताइएको छ । आयोगले दशैँ विदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार