Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीलाई गोली हान्न खोज्ने एक जना भारतीय पक्राउ


    बुधबार, कार्तिक ५ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । प्रहरीलाई गोली हान्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले बारामा गोली हानेर पक्राउ गरेको छ ।

    बुधबार दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा ड्युटिमा रहेको प्रहरीमाथि पेस्तोल हान्ने भारतीय नागरिक २८ वर्षका बृजकिशोर कुशवाहलाई गोली हानेर पक्राउ गरेको हो ।

    भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहमाथि शंका लागि रोक्न खोज्दा प्रहरी टोलीले लखेट्ने क्रममा  प्रहरीमाथि पेस्तोल हानेका थिए । तर उनको पेस्तोल पड्किएन र प्रहरीले ३०३ राइफलबाट १ राउण्ड फायर गर्दा कुशवाहको बाया पाखुरामामा गोली लागेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    गोली लागेर ढलेपछि नियन्त्रणमा लिई प्रहरीले सिम्रौनगढको कंकाली पोलिक्लिनिकमा उपचार गराएको छ । उनको अवस्था सामान्य रहेको र उनको साथबाट पेस्तोल र त्यसमा लोड भएको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार