Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुधबार २ हजार ९ सय ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त


    बुधबार, कार्तिक ५ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

    यो सँगै नेपालमा  ९९ हजार ६ सय ५ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६८ दशमलभ ७ प्रतिशत रहेको छ। 

    आज मन्त्रालयका अनुसार २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख १४ हजार ७ सय ७९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ४ हजार ६५ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ४४ हजार ४  सय ७६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार