Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिल्लीबाट दुई महिलाको उद्धार


    बुधबार, कार्तिक ५ २०७७
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पु¥याइएको छ । कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी २९ वर्षीया महिलाको उद्धार गरिएको हो । २९ वर्षीया महिलासँग दुई नाबालक छोरीसमेत छन् ।
     
    घरमा सासू, ससुरा, देवर र श्रीमान्को दुव्र्यवहार झेल्दै आएकी उहाँ दलालको फन्दामा परेर दिल्ली पुगेकाे पाइएको माइती नेपाल धनगढी शाखा प्रमुख शिवनारायण चौधरीले बताए। उद्धारका लागि पीडित माइती पक्षले दिएको निवेदनपछि उनीहरूको उद्धार गरिएको जनाइएको छ ।
     
    यस्तै कुवेत जानका लागि दिल्लीमा पासपोर्ट बनाउन आउनु भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेकी मकवानपुरकी ५२ वर्षीया महिलाको पनि उद्धार गरिएको छ । दिल्लीमा एक नेपाली महिलाको सम्पर्कमा आएपछि उनको उद्धारको पहल गरिएको थियो । प्रलोभनमा पारी यी दुई महिलालाई दिल्ली पु¥याउने दलाल भने फरार भएको जनाइएको छ ।

    यसअघि गत असोजमा पनि माइती नेपालले दलालको फन्दामा परेर भारत जाँदै गरेकी नवलपरासीकी एक महिलाको पनि कैलालीको त्रिनगर सीमानाकाबाट उद्धार गरेको थियो । “दिल्लीमा रहेको दलालले महिनामा रु ४० हजार पाइन्छ भन्दै उतै बोलाएका रहेछन्”, चौधरीले भने,“उहाँ दिल्ली जाँदै गर्दा त्रिनगरनाकाबाट उद्धार गरेका थियौँ ।” 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार