Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट


    बुधबार, कार्तिक ५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समयतालिका सार्वजनिक गरेको हो ।

    बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

    स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।

    यसपटकको परीक्षमा सम्बन्धित विद्यालयमा उपस्थित हुन नसकेका विद्यार्थीका लागि नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन सक्ने व्यवस्थासहित मंसिर ९ बाट परीक्षा तालिका सार्वजनिक गरिएको बोर्डका प्रमुख चन्द्रमणि पौडेलले जानकारी दिए। 

    122070672_366408477745810_1636708661774728631_o.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार