Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • आठ घण्टाका लागि ‘रअ’ प्रमुख काठमाडौंमा


    बुधबार, कार्तिक ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् । उनी बुधबार दिउसो चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका हुन् । उनी काठमाडौंमा आठ घण्टा मात्रै रहने र आजै बेलुकी ९ बजे फर्कने छन् । 

    गोयल काठमाडौंमा आएको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) स्रोतले जनाएको छ । यो भ्रमणको कारण बाहिरिएको छैन । 

    भारतका सेनाध्यक्ष एमएम नरवाणे नेपाल भ्रमणमा आउने तय भैसकेको छ । उनीअघि गोयल नेपाल आउनुलाई अर्थपूर्ण मानिएको छ । 

    गोयलको भ्रमणबारे नेपालका निकायहरुले औपचारिक जानकारी दिएका छैनन् । नेपाली सेना र परराष्ट्र मन्त्रालय दुबैले यसबारे केही बताएको छैन । 

    तर राअवि स्रोतले भने उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै आएको र इन्डियन एयर फोर्सको विमानबाट आएको दावी गरेको छ । विमानस्थलमा उनको टोलीको पासपोर्ट स्क्यान समेत गरिएको थिएन । विमानस्थलमा उनीहरुलाई लिन नेपालस्थित भारतीय दूतावासका अधिकारीहरु पुगेका थिए । रअ प्रमुख भीआईपी कक्षबाट बाहिरिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार