Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • यस्तो छ कोरोना कालमा रेमिट्यान्सको अवस्था


    बुधबार, कार्तिक ५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीका कारण अर्थतन्त्रको अन्य पाटो नराम्ररी प्रभावित भएपनि रेमिट्यान्समा भने यसको त्यति प्रभाव देखिएको छैन । चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स १ अर्ब ६५ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ८.१ प्रतिशतले बढी हो । 

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको तथ्यांक प्रस्तुत गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा भने रेमिट्यान्स ०.६ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल मुद्रामा मात्रै नभएर अमेरिकी डलरमा पनि रेमिट्यान्स बढेको छ ।  अमेरिकी डलरमा रेमिट्यान्स २.६ प्रतिशतले वृद्धि भएर १ अर्ब ३९ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

    नेपालमा कोरोना भाइरसको रोकथामको लागि लामो समयदेखि श्रम स्वीकृति रोकिएकोले वैदेशिक रोजगारीमा भने नेपालीको संख्या भने घटेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

    गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

    रेमिट्यानससँगै  समीक्षा अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि बढेको छ । खुद ट्रान्सफर बढेर १ खर्ब ८३ अर्ब ६६ करोड पुगेकोनेपाल राष्ट्र बैंकले जनाएको छ । 

    शोधनान्तर बचतमा, आयात घट्यो

     राष्ट्र ब्यांकका अनुसार, भदौसम्ममा सरकारको चालु खाता रु. २६ अर्ब ७ करोड बचतमा छ। अघिल्लो वर्षको यही अवधिमा चालु खाता २२ अर्ब ६९ करोड घाटामा थियो। आयात घटेको तथा नेपालीको वैदेशिक भ्रमण, विद्यार्थीले वैदेशिक शिक्षाका लागि तिर्ने रकममा कमी आएका कारण चालु खाता घटेको हो। त्यस्तै, शोधनान्तर स्थिति रु. ६७ अर्ब ६३ करोड बचतमा पुगेको छ। 

    भदौ मसान्तसम्ममा देशको विदेशी विनिमय सञ्चिती रु. १४ खर्ब ३३ अर्ब ६७ करोड बराबर पुगेको छ। यो सञ्चिती रकमले १४.९ महीना बराबरको वस्तु र सेवा आयात गर्न मिल्छ। 

    तथ्यांक अनुसार, भदौसम्ममा वस्तु आयात रु. २२.१ प्रतिशतले घटेको छ। आर्थिक क्रियाकलाप सुस्त भएर माग खस्किएका कारण भदौसम्ममा रु. १ खर्ब ७८ अर्ब ८५ करोडको आयात भएको हो। पेट्रोलियम पदार्थ, सवारी साधन र पार्छपूर्जा, मेशिन, तयारी पोशाक, कच्चा पाम तेल आदि वस्तुको आयात घटेको छ। यद्यपि, चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चार उपकरण आदिको आयात बढेको छ। यो अवधिमा निर्यात भने १०.५ प्रतिशतले बढेर रु. २० अर्ब ४४ करोड पुगेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार