Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने


    बुधबार, कार्तिक ५ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल र बंगलादेशबीच दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ। 

    बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आगामी नोभेम्बर १३ र १७ (कात्तिक २८ र मंसिर २) मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिन लागिएको हो । 

    बंगलादेश फुटबल फेडेरेसनले खेलको मिति तय गर्दै प्रारम्भिक टिम समेत घोषणा गरेको छ।

    बंगलादेशले नेपालविरुद्धको खेलका लागि पहिलो चरणको प्रशिक्षणमा ३६ जना खेलाडीलाई बोलाएको छ। 

    नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अघिल्लो साता अनुमति पाएको थियो।  र एन्फाले नेपाली टिमको अभ्यास दशैं बिदापछि मात्र सुरु गर्ने जनाएको छ।

    गत चैत महिनादेखि बन्द भएको प्रशिक्षण यसअघि भदौ १ गतेदेखि खुला गर्ने सरकारले निर्णय गरेको थियो। तर काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो।

    एन्फाले प्रशिक्षण सुरु गराउन भन्दै खेलाडीलाई क्वारेन्टिनमा राखेको थियो। सो क्रममा खेलाडीहरुको पीसीआर परीक्षण समेत गरिएको थियो।

    त्यतिबेला फिफा विश्वकप र एसियन कप छनोट पनि स्थगित भएपछि एन्फाले पिसिआर गरेर क्वारेन्टिनमा राखेका खेलाडीलाई घर जान अनुमति दिएको थियो।

    दशैंपछि एन्फाले स्वास्थ्य प्रोटोकल अनुसार प्रशिक्षण सुरु गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार