पोखरा । काकाको हत्या गरेर फरार रहेका इन्द्रबहादुर तामाङ ६ महिनापछि पक्राउ परेका छन् । प्रहरीले उनलाई लमजुङको सोतीपसलबाट पक्राउ गरेको हो ।
उनले यसअघि आफ्नै काका ५५ बर्षीय टंकबहादुर तामाङको सामान्य भनाभनमा हत्या गरेर फरार भएका थिए ।पोखराको मजुवा जंगलछेउमा पालको छाना र स्याउलाले बारेर छाप्रोमा इन्द्रबहादुरले काकाको हत्या गरेका हुन् ।
कास्की प्रहरीका अनुसार रक्सी खाँदा–खाँदै झगडा चर्किएपछि इन्द्रबहादुरले काकाको हत्या गरेर फरार भएका थिए। काकाले गाली गरेको भन्दै इन्द्रबहादुरले घनले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
घटनाको झन्डै ६ महिनापछि अभियुक्त इन्द्रबहादुर लमजुङको सोतीपसलबाट पक्राउ परेका छन्। यसअघि उनी काकासँगै मजदुरी गर्ने गरेका थिए।