गोकर्णमणि दुवाडी र योेगेन्द्रकुमार कार्की
काठमाडौं । असोज २२ मा दुई सचिवले अवकाश पाए पनि काठमाडौं महानगरपालिकाको विशिष्ट श्रेणीको दरबन्दी काटिएकाले एक पदमात्र रिक्त हुने भएको छ । प्राविधिकतर्फ कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले पनि असोज ३० मा अवकाश पाएका छन् ।
प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि बरिष्ठताका आधारमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गोकर्णमणि दवाडी दाबेदार हुन् । उनी यसअघि ३ पटक बरिष्ठताका आधारमा पहिलो नम्बरमा सचिव बढुवा सिफारिसमा परे पनि २ र ३ नम्बरका सहसचिवलाई सरकारले बढुवा गरेको थियो । प्रशासनतर्फ दुवाडीका अतिरिक्त तथ्यांकका सुमन अर्याल र लुम्बिनी प्रदेशबाट भर्खरै संघमा सरुवा भएका भरतमणि सुवेदीको सिफारिस हुनेछ । यसपटक भने तीन पटक अन्यायमा पारिएका दुवाडीको सचिव बढुवा हुने अनुमान गरिएको छ ।
रिक्त कृषि सचिवका लागि बरिष्ठताका आधारमा कृषि मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्की, दोस्रो बरियतामा कृषिकै गोविन्द शर्मा र तेस्रोमा वन मन्त्रालयका कृष्ण आचार्य र चौथोमा कृषिकै विमलकुमार निर्मल छन् । कार्की यसअघि पनि बरिष्ठतामा अगाडि भए पनि सचिव बढुवामा पर्न सकेका थिएनन् ।