Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनहुँबाट विदेशी पर्यटक सम्पर्कविहीन


    शनिबार, पुष १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    पोखराबाट काठमाडौं जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    बन्दीपुरस्थित पर्यटन प्रहरी कार्यालयले बन्दीपुरका पर्यटन तथा होटल व्यवसायीलाई निजको खोजतलासमा सहयोग गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार