Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर


    शुक्रबार, पुष १३ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषि ठहर गरेको हो ।

    अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको छ । १८ वर्षभन्दा मुनिको भएमा सहमतिको सम्बन्ध पनि बलात्कार मानिने कानून छ भने १८ वर्षभन्दा माथिकोलाई जबरजस्ति करणी गरेमा बलात्कार मानिन्छ । सन्दीपले जबरजस्ति करणी गरेको न्यायाधीशले निष्कर्ष निकालेका हुन् ।

    यस्तै, सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार