Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ललितपुरमा ८ वर्षीया बालिका अपहरण प्रयास, प्रहरीले गर्‍यो केही घण्टामै उद्धार


    मंगलबार, कार्तिक ४ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर । प्रहरीले अपहरणमा परेका एक बालिकाको साढे २ घण्टामा सकुशल उद्धार गरेको छ ।

    सोमबार साँझ ललितपुरको इमाडोलबाट अपहरणमा परेका अनोख शाहको साढे २ घण्टापछि सकुशल उद्धार गरिएको हो । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले हरिसिद्धिबाट बालकको उद्धार गरेको हो ।

    महानगरीय प्रहरी ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बालकको अपहरणमा संलग्न तीन जनालाई पक्राउ गरेको जानकारी दिए ।

    बाराको सिम्रौनगढ नगरपालिका–१ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–४ मनकामना चोक स्थित बस्ने गुड्डी साहकी छोरी बर्ष ८ की अनुखा कोठा भन्दा बाहिर खेलिरहेको समयमा साइकलमा आएका व्यक्तिहरुले साईकलमा राखेर लगेका थिए ।

    उनीहरुले ती बालिकालाई प्रहरीले हरिसिद्दी स्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको थियो ।

    प्रहरीले सर्लाही हरिवन नगरपालिका– ८ स्थायी घर भएका हरिसिद्दी बस्ने ३० वर्षका राजु कार्की, काभ्रेकी २३ वर्षीया सिता परियार र धनुषाका ४० वर्षका कृष्ण तोलामीलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार