Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दशैंमा अनावश्यक रुपमा बाहिर नहिँड्न प्रशासनको आग्रह


    मंगलबार, कार्तिक ४ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दशैंमा अनावश्यक काममा बाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह गरेको छ ।पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेकाले काठमाडौंमा दशैंको समयमा पनि अनावश्यकरुपमा बाहिर नजान भनिएको हो । 

    सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा पर्व मनाउन आग्रह गरिएको छ । प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।

    चाडपर्वमा कोरोनाको महामारी नफैलियोस् भन्नको लागि काठमाडौं प्रशासनले गत भदौं ३१ गते जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

    प्रशासनले चाडपर्वमा फैलिन सक्ने कोभिडको महामारी न्यूनीकरणको लागि भन्दै असोज २७ गतेदेखि अत्यावश्यक बाहेकका प्रशासनबाट हुने सबै सेवा स्थगित गरेको छ । त्यस्तै, प्रशासनले आफैं बजार अनुगमनमा गएर स्वास्थ्य मापदण्ड विपरीत काम गर्ने व्यवसायीलाई कारबाही पनि गर्दै आएको छ । यसैबीच प्रशासनले सर्वसाधारणलाई समेत अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार