Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनताको अपेक्षा पूरा गर्न सरकार लागिपरेको छ : प्रचण्ड


    बुधबार, पुष ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनअपेक्षाअनुसार काम गरिरहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

    ‘मेरो एक वर्षे कार्यकालमा केही रेकर्डहरू बनेका छन्, यो सरकारले मिटरब्याज पीडित गरिब, किसानलाई उहाँहरूको पीडाबाट मुक्त गराउने काम गरेको छ’ उनले भने, ‘विदेशमा रहेका नागरिकताविहीन लाखौँ युवाहरूलाई नागरिकता दिने काम भएको छ, उनीहरूलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरिएको छ ।’

    सरकारको एक वर्षे कार्यकाल पूरा गरेको दिन मंगलबार आफूलाई जनतालाई जानकारी गराइसकेको उनले बताए । अन्य थुप्रै प्रयास समेत गरिएको उनको भनाइ छ । ‘ठुला परियोजना सुरु भएका छन्, हुनेक्रममा छन्’ उनले भने, ‘नेपाललाई विश्वमा ध्यानाकर्षण गर्ने काम भएको छ । यहाँको समस्याहरू संयुक्त राष्ट्रसँगमार्फत विभिन्न फोरममा उठाउन सरकार सफल भएको छ ।’

    राजनीतिक दलबिचको एकता र सहकार्यले देशमा स्थायित्व ल्याएको उनले दाबी गरे। यसलाई बलियो बनाएर लैजाने उनको प्रतिबद्धता छ । ‘यो गठबन्धनलाई कसरी तोड्ने होला ? यो परिवर्तनलाई कसरी उल्ट्याउने भनेर लागिपरेका छन् । जनतालाई नकारात्मक कुरा मात्र देखाएर भड्काउने काम भएको छ’ उनले भने , ‘गठबन्धन झनै बलियो भएको छ । हाम्रो एकता देखेर विरोधीहरू अत्तालिएको अवस्था छ । यो गठबन्धन पाँच वर्ष जान्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार