Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका ५०० बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा हुनसक्ने


    सोमबार, कार्तिक ३ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले पाँचसय भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्न सक्ने निर्णय गरेको छ ।

    पाँचसयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्लाभित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको छ ।

    २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसाधनको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार समेत प्रमुख जिल्ला अधिकारीहरूलाई दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए।

    मन्त्रिपरिषद्को २६ असोजमा बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन ३० कात्तिक मध्यरातसम्मका लागि बन्द गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री गुरुङले बताए।

    तर, १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम गर्ने निर्णय भएको छ। यो व्यवस्था विपरीत आवतजावत गरेमा कानून अनुसार कारबाही हुने पनि मन्त्री गुरुङले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार