Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सशस्त्र प्रहरीद्वारा भारतीय रुपैयाँ बरामद


    सोमबार, कार्तिक ३ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट सशस्त्र प्रहरीको टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको छ । 

    सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट गस्तीमा खटिएको एपीएफ टोलीलाई देख्नासाथै भारतीय रुपैयाँ ल्याउँदै गरेका व्यक्तिले बोेकेको झोला फालेर फरार भएका थिए ।

    उक्त झोलामा जाँच गर्दा उल्लेखित भारतीय रुपैयाँ फेला परेकोे सशस्त्र प्रहरीले जनाएको छ ।  बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार