Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से दोहोरो अङ्कले बढ्यो


    सोमबार, कार्तिक ३ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२ ले वृद्धि भई ३१०.८९ मा पुगेको छ । 

    नेप्सेले उकालोको यात्रा तय गरेपनि कारोबार रकम भने घटेको छ । कूल १८९ कम्पनीको ३३ लाख ५३ हजार २०१ कित्ता शेयर रु ९७ करोड ९० लाख ९४ हजार ४०३ मूल्यमा खरिद बिक्री भए । 

    कारोबार भएका कूल १२ उपसमूह मध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । व्यापार १.६९ ले घट्दा बैंकिङ ७.६७, होटल १४.१६, विकास बैंक ३०.४३, जलविद्युत् ४३.८६, वित्त १६.२६, निर्जीबन बीमा ९९.५२, उत्पादन ७.१७, अन्य ७.६, लघुवित्त १०.६४, जीवन बीमा ५०.५९ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले वृद्धि भएको छ ।

    कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड दुई लाख ५३ हजार ८९१ बराबरको कारोबार भयो । यस्तै अरुण काबेली पावर रु तीन करोड ५२ लाख ९१ हजार ४१५, एनसिसी बैंक रु तीन करोड ५० लाख ५६ हजार ५०६, नागरिक लगानी कोष रु तीन करोड नौ लाख ८१ हजार १९३, शिखर इन्स्योरेन्स रु दुई करोड ९३ लाख ५१ हजार १९३ र सिटिजन बैंकको रु दुई करोड ७४ लाख ५८ हजार ८६७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
     
    कारोबारका आधारमा जनरल इन्स्योरेन्स ९.९०, युनियन हाइड्रोपावर ९.८२, घलेम्दी हाइड्रो ९.७३, अपि पावर ९.६३, दिव्यश्वरी हाइड्रोपावर ९.०१, बरुण हाइड्रोपावरका लगानीकर्ताले ८.७२ प्रतिशतले कमाए । त्यस्तै, गणपति माइक्रोफाइनान्स १.९१, एनसिसी बैंकको संस्थापक शेयर १.७२, नेपाल सेवा लघुवित्त १.६४, सिभिल लघुवित्त वित्तीय संस्था १.४३ र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १.४३ प्रतिशतले गुमाए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार