Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यातायत मन्त्री नेम्बाङलाई कोरोना संक्रमण 


    सोमबार, कार्तिक ३ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री नेम्बाङले सामजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन् ।

    सोमबार पीसीआर परीक्षण गराउँदा आफूमा कोभिड-१९ पोजिटिभ देखिएको उनले बताएका छन् । आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न मन्त्री नेम्बाङले आग्रह गरेका छन् ।

    मन्त्री नेम्बाङको अवस्था सामान्य रहेको र हाल उनी निवासमै आराम गरिरहेको उनका प्रेस संयोजक सन्दिप राईले बताए । आइतबार सामान्य ज्वरो आएपछि मन्त्री नेम्बाङले सोमबार परीक्षणका लागि स्वाब दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार