Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • नेफ्सकुनमा सत्ता गठबन्धन बिजयी, अध्यक्षमा ढकाल


    सोमबार, पुष ९ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। नेपाल बचत तथा ऋण सहकारी संघ लि( नेफ्स्कून)को ३२औं साधरणसभाबाट अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्बाचित भएका छन् । आइतबार भएको निर्वाचनले अध्यक्षमा नेपाली काङ्ग्रेससहितको सत्ता गठबन्धनका ढकाल बिजयी भएका छन् भने कार्यसमिति बहुमत एमालेको गठबन्धनले जितेको छ ।

    निर्वाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी,महासचिवमा घनश्याम अधिकारी,कोषाध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् ।
    महिला सन्चालकमा सिता ढकाल पौडेल , मन्दरा मिश्र ,कमला देबी गिरी, कोशी प्रदेश संचालक-लक्ष्मी सापकोटा मधेस प्रदेश संचालक- शोभा कुमारी राउत र बागमती प्रदेश संचालक- खेम राज सुबेदी, गण्डकी प्रदेश संचालक- गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेश संचालक- ज्ञानु पौड्याल, कर्णाली प्रदेश संचालक-बीर बहादुर भोटे, सुदुर पश्चिम प्रदेश संचालक- दिप्ती शाही, संचालक खुल्ला- नबराज अर्याल, देव कुमार श्रेष्ठ ,सुशीलकुमार बस्न्यात, शालिक राम ढकाल निर्वाचित भएका छन् ।

    त्यसैगरी लेखा समिति संयोजक इन्द्र राज ज्योति पौडेल, लेखासमिति सदस्य – हेमराज बिष्ट, लेखा समिति सदस्य – दुर्गा तिवारी सन्जेल निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार