Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकाको राजदूतमा सिफारिस भएका युवराज खतिवडाविरुद्ध तीन उजुरी


    सोमबार, कार्तिक ३ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकाको राजदूतका लागि सिफारिस डा.युवराज खतिवडाविरुद्ध तीनवटा उजुरी परेको छ।

    संसदीय सुुनुवाइ समितिले पूर्व अर्थमन्त्रीसमेत रहेका खतिवडाविरुद्ध उजुरी दिन आव्हान गरेको १० दिनको अवधिमा तीनवटा उजुरी दर्ता भएको हो। सरकारले खतिवडासँगै बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकासहित १२ देशका लागि डा. निर्मलकुमार विश्वकर्मालाई राजदूत बनाउने सिफारिस गरेको थियो।

    समितिका सदस्य सुमन प्याकुरेका अनुसार रेग्मीविरुद्ध एउटा उजुरी परेको छ। खतिवडालाई गर्भनर हुँदा सुधिर बस्नेतले सञ्चालन गरेको ओरेण्टियल सहकारीलाई सहयोग गरेको आरोप लागेको छ।

    बस्नेतले सहकारीका नाममा हजारौंलाई ठगेपनि पीडितहरुको रकम उठाउन कुनै भूमिका नखेलेको एकै किसिमको दुईवटा उजुरी परेको छ।

    सुझावका रुपमा समेत खतिवडाविरुद्ध उजुरी दर्ता भएको छ। नाम नखुलाइएको एक उजुरीमा भने उनको ज्ञानलाई नेपालमा प्रयोग गर्नुपर्ने यदि राजदूतका रुपमा पठाउने नै भए फर्किएपछि उनको क्षमतालाई राष्ट्रहितको पक्षमा लगाउनुपर्ने उल्लेख छ।

    त्यस्तै रेग्मीविरुद्ध भने गृहसचिव हुँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई आईजीपी बढुवामा गलत निर्णय गर्न उक्साएको आरोप लागेको छ। समितिमा सरकार प्रमुखलाई गतल निर्णय गर्न प्रेरित गर्ने व्यक्तिलाई राजदूत जस्तो गम्भीर प्रकृतिको जिम्मेवारी दिन नहुने उल्लेख भएको समितिका अर्का एक सदस्यले जानकारी दिए।

    समितिले उजुरी कर्तालाई कोजागत पूर्णिमाको भोलिपल्ट कात्तिक १६ गते बोलाउने निर्णय गरेको छ। उजुरीकर्ताको सम्पर्क नम्बर उजुरीमा उल्लेख नभएकाले सार्वजनिक सूचनामार्फत उनीहरुलाई बोलाउने निर्णय गरिएको सांसद प्याकुरेलले जानकारी दिए।

    उजुरीकर्तासँग छलफल गरेपछि प्रस्तावित राजदूतलाई सुनुवाइका लागि समितिमा बोलाउने तयारी गरिएको छ।

    तीन राजदूतको सिफारिसप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि देखिएको छ। प्रधानन्त्री ओलीले एक पक्षीय रुपमा सिफारिस गरेको भन्दै नेकपाका शीर्ष नेताहरुले आपत्ति जनाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार