काठमाडौँ । खेलमा बाजी थाप्ने प्रक्रियालाई सट्टेबाजी भनिन्छ । प्रहरीले यूएईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनलाइनमार्फत् सट्टेबाजी खेलाउने तीनजनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षी मन्जित्र साह र २८ वर्र्षीय अपजर अली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कार्तिक २ गते राति साढे ११ बजे बिराटनगर महानगरपालिका–१६ स्थित भट्टीमोड बस्ने साहलाई पक्राउ गरेको हो । उनले फोनमार्फत् आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्फत सट्टाबाजी गर्ने गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।
उनीहरुका साथबाट २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र र को १८ प ६८८९ नम्बरको पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिइएको छ । पक्राउ परेका तीनैजनालाई जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।