काठमाडौं । यातायात व्यवस्था विभागले अब सार्वजनिक बस चढ्नुअघि यात्रुले अनिवार्य फेस सिल्ड लगाउनपर्ने बताएको छ।
सरकारले गत असोज २६ गतेखेखि सार्वजनिक यातायातको सबै सिटमा यात्रु राख्न अनुमति दिएपछि यात्रुबीच दूरी कायम नहुने भन्दै यात्रुले अनिवार्य फेससिल्ड लगाउनुपर्ने बताएको हो।
असोज २६ पछि बसका सबै सिटमा यात्रु बस्न थालेका छन्। यात्रुले फेससिल्ड भने आफै व्यवस्था गर्नुपर्नेछ यातायातमा मास्क र स्यानीटाइजर पनि यात्रुले अनिवार्य लगाउनुपर्ने समेत विभागले जनाएको छ।
स्तै सार्वजनिक बसमा दुवै सिटमा यात्रु राख्न पाउने निर्णय भएसँगै पहिलेकै भाडादर लागू गर्नुपर्नेछ । दुवै सिटमा यात्रु राख्न पाइने भएकाले पुरानै भाडादर लागू गरिएको हो ।
यसअघि जे–जस्तो भए पनि अबदेखि पुरानै भाडा लागू हुने र कोही कसैले बढी भाडा लिए कानुनअनुसार कारबाही हुने विभागले जनाएको छ।