Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण विदेशमा १ हजार १० नेपालीको मृत्यु


    आइतबार, कार्तिक २ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं  । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड-१९ संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २८३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको हो । 

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिबार साँझसम्म ४२ देशका ४२ हजार एक सय नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्ये ३८ हजार ६ सय ४६ जना नेपाली संक्रमण मुक्त भएका छन् ।  संक्रमित नेपाली मध्य ९१ प्रतिशत जाति भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

    यस्तै नेपालमा मात्र एक लाख २९  हजार तीन सय चार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ८९ हजार ८ सय ४० जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ६९ दशमलव ५ प्रतिशत हो । हालसम्म नेपालमा ७ सय २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

    नेपालसहित विश्वभर एक लाख ७१ हजार चार सय चारजनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये एक लाख २८ हजार चार सय ८६ जना संक्रमण मुक्त भएका छन् । विश्वभर संक्रमित नेपालीमध्ये ७४ प्रतिशत कोरोना मुक्त भएका छन् । नेपालसहित विश्वभर एक हजार १० नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार