Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण नुवाकोटमा पहिलोपटक संक्रमितको मृत्यु


    आइतबार, कार्तिक २ २०७७
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नुवाकोट । जिल्लामा पहिलो पटक कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका–४ सिरेनीकी ६१ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट ज्यान गएको हो । 

    उनी काठमाडौंको एक अस्पतालमा उपचारपछि बिहीबार घर फर्किएर होम आइसोलेसनमा बसेकी थिइन् । शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनको शनिबार दिउँसो मृत्यु भएको थियो ।

    उनको शव शिवपुरीगाउँगालिकाले तोकिएको स्थानमा नेपाली सेना जबरजंग गणले शनिबार राति नै व्यवस्थापन गरेको छ । महिला क्यान्सर र दम रोगी थिइन् । उनको घर सदुरमुकाम विदुरबाट ५८ किमी पूर्वी भेगमा रहेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार